शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना

काठमाण्डु टुडे २०८१ फागुन १३ गते ११:२५ मा प्रकाशित

काठमाण्डू, १३ फागुन– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई स्वास्थ्यमा समस्या आएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी छन् । ज्वरो आउने, खोकी लाग्ने र घाँटी दुख्ने भएपछि उनी शुक्रबार त्रिवि शिक्षण अस्पताल गएकी थिइन् ।

उनलाई चिकित्सकले भर्ना हुनुपर्ने भनेपछि क्याबिनमा राखेर उपचार थालिएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । उनको उपचारमा नाक, कान, घाँटी विभागका चिकित्सकहरु संलग्न छन् ।

नाक, कान, घाँटीको समस्या भने अहिले सुधार हुँदै गएको एक चिकित्सकले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us