काठमाण्डू, १३ फागुन– काठमाण्डूबाट रामेछाप हुँदै ओखलढुंगा जाँदै गरेको बस धुलिखेलमा दुर्घटनामा परेको छ । काभ्रेको धुलिखेल नगरपालिका– १० सारदा बतासेस्थित बीपी राजमार्गमा बस दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
उक्त बस दुर्घटनामा परेर १७ जना घाइते भएका छन् । बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको बस आज बिहान ८ः २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेमा बस चालक र सह९चालक सहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिएक छन । बसमा २४ जना सवार थिए ।
घाइतेहरूलाई उपचारको लागि धुलिखेल अस्पतालमा पठाइएको छ । चालक र सह–चालकको टाउकोमा गम्भीर चोट छ । घाइतेहरुको पहिचान भएको छैन ।
बस घटनास्थलमै रहेकोले राजमार्ग एकतर्फी मात्रै सञ्चालन भएको प्रहरीले जानकारी दिएको छ । बस रामेछापको धोबी, ढाडे हुँदै ओखलढुंगाको पोकलीका लागि गुडेको प्रहरीले जानकारी दिएको छ ।