कुलमानलाई कुनै हालतमा हटाउन हुँदैनः ऊर्जा राज्यमन्त्री तामाङ

काठमाण्डु टुडे २०८१ फागुन १२ गते १८:०९ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणबाट हटाउन नहुने तर्क गरेका छन ।

आज (सोमबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै राज्यमन्त्री तामाङले कुलमानले प्राधिकरणलाई घाटाको अवस्थाबाट अहिलेको अवस्थामा ल्याएको भन्दै अहिले प्राधिकरणबाट हटाउन नहुने तर्क गरेका हुन ।

उनले नेपालको विद्युत् क्षेत्रको विकासमा धेरै महत्त्वपूर्ण भूमिका कुलमानको रहेको भन्दै हटाउने विषयमा बाहिर आएका चर्चा हल्लामात्र भएको पनि बताएका छन ।

आगामी साउन २७ गतेसम्म कुलमानको कार्यकाल रहेको र आगामी चार वर्षका लागि फेरि मौका दिनुपर्ने समेत उनले बताएका छन ।

उनले सरकारको कर्मचारीलाई चित नबुझेको कुरामा स्पष्टीकरण सोध्नु ठुलो विषय नभएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us