प्रहरी कुट्ने एमाले विद्यार्थी नेतालाई धरौटीमा छाड्न आदेश

काठमाण्डु टुडे २०८१ फागुन १२ गते १८:०० मा प्रकाशित

काठमाण्डू, १२ फागुन– काठमाण्डूको ठमेलमा प्रहरी कुट्ने एमालेको विद्यार्थी नेताहरूलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काडमाण्डूका न्यायाधीश हर्कबहादुर केसीको इजलासले पक्राउ परेका पाँचै जनालाई छाड्न आदेश दिएको हो । रमेश फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु स्थायी कमिटी सदस्य कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर, दिनेश सिग्देललाई भने जनही १०र१० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ ।

यो समूहले २४ माघको राति ड्यूटीमा खटिएका प्रहरीलाई कुटपिट गरेको थियो । जोशीको समूहबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट कुटिएका थिए ।

दरबारमार्गस्थित केशरमहल बिटबाट ड्यूटीमा खटिएको क्विक रेस्पोन्स टिम (क्यूआरटी) को टोलीमाथि यो समूहले आक्रमण गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us