काठमाण्डू, १२ फागुन– एमाले सांसद रघुजी पन्तले सशस्त्र प्रहरी बल नेपालको नामका बारेमा सोच्न सकिने बताएका छन ।
आज (सोमबार) बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद पन्तले यस्तो बताएका हुन ।
प्रतिनिधिसभा बैठकमा पेस भएको सशस्त्र प्रहरी बल नेपाल २०८१ विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सीमा सुरक्षा बल वा विपत् नियन्त्रण बल भनेर नाम राख्न उनले सशस्त्रलाई तीन वटा काममा लगाउन सकिने भन्दै पहिलो सीमा सुरक्षा, विपत् व्यवस्थापन र तेस्रोमा दङ्गा नियन्त्रणमा खटाउनुपर्ने बताएका छन ।
उनले सशस्त्र र नेपाल प्रहरीको कार्यक्षेत्रमा भएको दोहोरोपन सच्चाउनुपर्ने र फोर्स निर्माण गरिसकेपछि सेवा सुविधा पनि दिनुपर्ने पनि बताएका छन ।
उनले कार्यक्षेत्र टुङ्ग्याएर त्यही आधारमा कानुन बनाउन र सुविधा दिन सकिने पन्तले बताएका छन । उनले सेनाको कमान्डमा राख्ने व्यवस्था कानुनमा लेख्न नहुने पनि पन्तको सुझाव रहेको छ ।