यातना दिएर कुकुर मारेको आरोपमा दुई जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन १२ गते १३:१९ मा प्रकाशित

काठमाण्डू, १२ फागुन– प्रहरीले काठमाण्डूको नागार्जुनमा कुकुरलाई यातना दिएर मारेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरेन्द्र भुजेल र सरिता पौडेल रहेका छन ।

घटनामा संलग्न देखिएपछि उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी अपिल बोहराले जानकारी दिए ।

काठमाण्डूको नागार्जुन नगरपालिका–६ मा घाइते कुकुरलाई लखेटेर जालिभित्र तड्पाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । सो घटना फागुन ९ को भएको अनुसन्धान अधिकृतहरूले जानकारी दिएका छन । घटनाबारे प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us