अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ: गोकुल बास्कोटा

काठमाण्डु टुडे २०८१ फागुन ११ गते १५:५७ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– पूर्व मन्त्री एवं एमाले सांसद गोकुल बास्कोटाले अमेरिकालाई हेप्नुको पनि सिमा हुन्छ नि ? भन्दै जवाफ फर्काएका छन । आज बसेको प्रतिजिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद बास्कोटाले यस्तो बताएका हुन ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले नेपाललाई दिएको आर्थिक सहायतालाई फ्रड भनेकोप्रति आपत्ति जनाएका छन् । साथै उनले अबदेखि नेपालले लिने जुनसुकै सहायताको संसदमा रेकर्ड राख्नुपर्ने माग गरेका छन् ।

बास्कोटाले अब नेपालले आँखा र कान खोल्नुपर्ने बेला आएको बताए । ‘अब हामीले आँखा र कान खोल्नुपर्छ । सहयोगका सीमा स्पष्ट पार्नुपर्छ । धनी राष्ट्रहरूले प्राप्त गरेको वैभव गरिब राष्ट्रहरूको पनि हिस्सा हुनुपर्छ’, उनले भने, ‘त्यसमा हाम्रो हक स्थापित हुनुपर्छ । तर अब हामी कुन सहयोग लिने र नलिने भन्नेमा पनि स्पष्ट हुनुपर्छ ।’

बास्कोटाले ठुला देशले हेप्नुको पनि सीमा हुने भन्दै अघि भने, ‘अमेरिकाले नेपाललाई लामो समयदेखि आफ्ना एजेन्सी, दूतावास र सरकारमार्फत सहयोग गर्दै आयो त्यसलाई हामीले स्वीकार गर्यौँ । तर आज फ्रड बनेका छौँ बनाइएका छौँ । यो उल्टो प्रहार हामीमाथि सुरु भएको छ ।’

ट्रम्पको उक्त अभिव्यक्तिपछि नेपालको राष्ट्रिय स्वाधिनता र अन्तर्राष्ट्रिय छविमाथि आँच ल्याएको भन्दै उनले नेपाललाई गहिरो चोट लागेको बताए । उनले भने, ‘हाम्रो गरिबी, अशिक्षा, पछौटेपनमाथि टेकेर राष्ट्रिय भावनामा चोट लगाउने कामको बारेमा हामी के भन्छौ र के गर्छौ ?’, प्रश्न गर्दै उनले भने, ‘सहयोग उहाँहरूले दिनुभयो हामीले लियौँ । तर त्यो सहयोगको मनिटरिङ कसले गर्नुपर्दथ्यो रु र त्यो किन भएन ?’

उनले जसले सहयोग दियो त्यो पैसा पनि सोही देशका जनताको करको पैसा भएको भन्दै त्यसो हो भने त्यो फ्रड हामीले गरेको हो की त्यो फ्रडलाई स्वीकृति दिने काम उहाँहरूले पनि गरेको हो रु भनेर प्रश्न गरे ।

बास्कोटाले सन् २००२ पछि २१ सम्म अन्तर्राष्ट्रिय विकास साझेदार, दाता र आइएनजीओहरुबाट प्राप्त गरेको रकम करिब २१ खर्ब रहेको र २२ देखि २७ सम्मका लागि प्रस्तावित रकम करिब ६ सय ६९ मिलियन अमेरिकी डलरको प्रतिवेदन नेपालले बनाउनुपर्ने बताएका छन ।

साथै उनले उक्त प्रतिवेदनमा कहाँ के कति रकम आयो ? के कति खर्च भयो भन्ने संसद्को नोटिसमा रहनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us