काठमाण्डू, ११ फागुन– एमाले अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मोत्सवको अवसरमा एमालले मुख्यालय च्यासलमा जन्मोत्सव कार्यक्रम राखेको छ ।
आज (आइतबार) प्रधामनमन्त्रीको ७४ औँ जन्मोत्सवको अवसरमा एमाले मुख्यालय च्यासलमा कार्यक्रम राखीएको एमाले मुख्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन ।
सचिव डा. अधिकारीले भने, अहिले दिउँसो ३ बजे प्रधानमन्त्री ओली जन्मोत्सव कार्यक्रममा सहभागी हुन मुख्यालय च्यासलमा आउँदै हुनुहुन्छ ।’ तर प्रधानमन्त्री ओलीको जन्म दिन बिशेष कुनै कार्यक्रम नरहेको पनि उनले जानकारी दिए ।
उनले भने, ‘ नेता एवं कार्यकर्ता हरुले प्रधानमन्त्री ओलीलाई शुभकामना दिने हो, त्यास्तो औपचारिक कार्यक्रम होइन ।’
प्रधानमन्त्री ओलीको जन्मोत्सवको अवसरमा केक काट्ने चलन भने गत बर्षदेखीनै छाडीएको छ । उनले भने, ‘पार्टीले केक काट्ने गरेको छैन, शुभकामना दिने बतावरण मिलाउने हो ।’