माछा मार्ने क्रममा करेन्ट लागेर झापामा एक युवकको मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन ११ गते १३:३३ मा प्रकाशित

काठमाण्डू, ११ फागुन– झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल्दिबारी गाउँपालिका–३ घर भएका २० बर्षीया सुशील लिम्बु रहेका छन ।

लिम्बुको शनिबार राति बिजुलीको तार जोडी माछा मार्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय झापाले जानकारी दिएको छ । झापाको बुद्धशान्ति गाउँपालिका–१ दामा खोलामा शनिबार राति बिजुलीको तार जोडी माछ मार्ने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका लिम्बुको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

साथै यस घटनाको सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us