काठमाण्डू, ११ फागुन– उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले विभागीय मन्त्री दिपक खड्काको विरोध गरेके भन्दै एक कर्मचारीलाई हटाउन पत्र काटेको छ ।
उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री दिपक खडका र मन्त्रालयको बारेका सामाजिक सञ्जालमा गैर जिम्मेवार ढङ्गले समाचार सम्प्रषण गरेको भन्दै दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विमल गुरुङलाई जिम्मेवारी बाट मुक्त गर्नै भन्दै उर्जा मन्त्री खड्काको निर्देशनमा मन्त्रालयले पत्र काटेको मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल गरी निर्देशन समेत भएकोमा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१–११९८ को सविस्तारको निर्णयअनुसार अनुरोध छु, शाखा अधिकृत यत्र प्रसाद सुवेदीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरीको छ ।