फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप

काठमाण्डु टुडे २०८१ फागुन १० गते २१:४१ मा प्रकाशित

काठमाण्डू, १० फागुन-ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा ‘नो केबुलकार’ समूह र प्रहरीबीच झडप भएको छ ।

झडपमा दुवैतर्फका गरी केही घाइते भएका छन् । आन्दोलनकारीमध्ये केहीले फुङलिङका सर्वसाधारणका घरमा राँको फालेपछि झडप भएको सहायक प्रमुख जिल्ला अधिकारी सन्दिपा खड्काले बताइन् ।

राँके जुलुसपछि कोणसभा गर्न भन्दै बजारमा प्रवेश गरेका प्रदर्शनकारीले सर्वसाधारणका घरमा राँका फालेपछि प्रहरीले हस्तक्षेप गरेको उनको भनाइ थियो ।

पाथीभरामा केबलकार बनाउन नहुने भन्दै केही समूहले लगातार विरोध गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us