चार छोरा विदेशमा, घरमा दम्पती सँगै मृत फेला

काठमाण्डु टुडे २०८१ फागुन १० गते २०:५६ मा प्रकाशित

प्यूठान, १० फागुन । प्यूठानको माण्डवी गाउँपालिका–२ रातामाटेमा दम्पती आफ्नै घरभित्र मृत फेला परेका छन् ।

६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियार शनिबार घरभित्रै मृत फेला परेका हुन् । मध्याह्न १२ बजेसम्म ढोका नखुलेपछि हेर्न गएका छिमेकीले परियार दम्पतीलाई मृत भेटेका थिए ।

प्यूठान प्रहरी प्रमुख डिएसपी दिपेश बस्यालले घटना शंकास्पद रहेको बताए । बस्यालका अनुसार मृतक दुवैको शरीरका विभिन्न स्थानमा घाउचोट छ ।

भैरहवाबाट तालिम प्राप्त कुकुर ल्याएर घटना अनुसन्धान गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ । मृतकका चार छोरा वैदेशिक रोजगारीको सिलसिलामा भारतमा छन् । दुई छोरीको विवाह भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us