काठमाण्डू, १० फागुन– अछाममा अटोको ठक्करबाट एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामको साँफेबगर नगरपालिका–७ का ५५ बर्षीया जनक शाहा रहेको प्रहरीले जानकारी दिएको छ ।
साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित सडकमा सु.प.प्र.०१००१ ह ६४२३ नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने शाहको शुक्रबार दिउँसो मृत्यु जिल्ला प्रहरी कार्यलय अछामले जानकारी दिएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो ।
अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जानकारी दिएको छ ।