अरुसँगको सहकार्यले समुदायसँगको सम्बन्ध कमजोर भयोः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन १० गते १५:५५ मा प्रकाशित

काठमाण्डू, १० फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्ला केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरणले समुदायसँगको सम्बन्ध कमजोर बन्दै गएको बताएका छन ।

उनले अन्य राजनीतिक दलहरूसँगको सहकार्यतर्फ इंगित गर्दै उनले त्यसले पार्टीलाई आफ्नो वर्ग र समुदायबाट टाढा बनाएको निष्कर्ष निकालेर नयाँ अभियान सुरु गरेको पनि बताएका छन ।

अध्यक्ष प्रचण्डले अब आत्मआलोचनासहित पुनस् पार्टी आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको पनि बताएका छन ।

माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने बताउँदै स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न आवश्यक रहेको बताएका छन ।

अध्यक्ष प्रचण्डले समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रुपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने पार्टीले निर्णय गरेको पनि बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us