शेखरको चिन्ताः कांग्रेसको एमालेकरण भयो

काठमाण्डु टुडे २०८१ फागुन १० गते १५:०८ मा प्रकाशित

काठमाण्डू, १० फागुन– कांग्रेस नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशनलाई आमनिर्वाचनपछि धकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका छन ।

आज (शनिबार) काठमाण्डूमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिलाई चियापान कार्यक्रमको आयोजना गर्दै कांग्रेस नेता कोइरालाले यस्तो बताएका हुन । उनले तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने बताएका छन ।

उनले समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने बताएका छन । नेता कोइरालले कोइरालाले दुईदलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो कि जस्तो देखिएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन ।

कांग्रेस ठूलो पार्टी भए पनि आफ्नो नेतृत्वमा भन्दा पनि अरूको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको पनि बताएका छन ।

त्यस्तै, कोइरालाले सरकारको गलत कामलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र कसैलाई पनि अन्याय हुन नदिने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us