सशस्त्र प्रहरीका तीन एसएसपी डिआईजी बढुवा सिफारिस

काठमाण्डु टुडे २०८१ फागुन ९ गते ६:४३ मा प्रकाशित

काठमाण्डू, ९ फागुन- सशस्त्र प्रहरी बलको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डिआईजी) बढुवाका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

गृह मन्त्रालयअन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई बढुवा सिफारिस गरेको हो ।

ढकाल सि सं १ तथा कुँवर र भट्ट सि सं २ का प्रहरी निरीक्षक हुन् । बढुवा सिफारिस समितिले सिफारिस उपर चित्त नबुझे एक साताभित्र उजुरी दिन भनेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us