पोखरा, ८ फागुन- पोखरामा बेलुनमा बेलुनमा हाइड्रोजन ग्यास भरेको आरोपमा पक्राउ परेका भारतीय नागरिक ४१ वर्षीय कमलेस कुमार हाजिरी जमानीमा रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीको आदेशमा कमलेसलाई जमानीमा छाडिएको कास्की प्रहरीका डिएसपी बसन्त शर्माले जानकारी दिए ।
गत ३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ उद्घाटन समारोहमा हाइड्रोजन भरिएको बेलुन उडाउन खोज्दा आगलागी भएको थियो ।
त्यस क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए ।
पौडेल र आचार्य दुवै कीर्तिपुर अस्पतालमा उपचार गराएर डिस्चार्ज भएका छन् ।