काठमाण्डू, ८ फागुन– एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलील एमाले निंकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाको प्रगतिशील विवाहमा वरवधुलाई शुभकामना दिएका छन् ।
आज (बिहीबार) एमाले केन्द्रीय कार्यालय, च्यासलमा आयोजित समारोहमा पुगेर उनले वरवधुलाई बधाई तथा शुभकामना दिएका हुन् ।
उक्त समारोहमा एमाले महासचिव शंकर पोखरेल लगाएत नेता हरु सहभागी रहेका थिए ।