काठमाण्डू, ८ फागुन– पोखरामा जिप र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटरमा सवार पोखरा महानगरपालिका–११ फूलबारी बस्ने ५६ वर्षीया माया गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
पोखरा महानगरपालिका–८ फिर्केस्थित सडकमा बिहीबार ग३च ८९७७ नम्बरको जिप र ग १३ प ३२०६ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा स्कुटरमा सवार गुरुङ गम्भीर घाइते भएकी प्रहरीले जानकारी दिएको छ ।
उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
जिप चालकलाई नियन्त्रणमा लिएर प्रहरीले दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।