अन्तिम समयमा आएर कांग्रेस सभापति देउवाको भारत भ्रमण रद्द

काठमाण्डु टुडे २०८१ फागुन ८ गते १३:२५ मा प्रकाशित

काठमाण्डू, ८ फागुन– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको भारत भ्रमणमा नजाने भएका छन ।

इण्डिया फाउण्डेसनले ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा आज भारत जाने रहेको थियो ।

शुक्रबार र शनिबार प्रयागराजमा हुने समिटमा देउवालाई वक्ताका रुपमा आमन्त्रित गरिएको थियो ।

अन्तिम समयमा आएर देउवाको भ्रमण रद्ध भएको हो कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भ्रमण रद्ध हुनुको कारणबारे भने पौडेलले केही बताएनन् । ‘सभापति भारत जाने तयारी थियो । रद्ध भएको छ,’ पौडेलले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us