काठमाण्डू, ८ फागुन– काठमाण्डूको हनुमानढोका एक जना व्यक्ति मृत अवस्थामा भेटिएका छन । हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
अन्दाजी ३०/३५ वर्षका पुरुषको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।
उनको वतनसमेत अहिलेसम्म खुलेको छैन । शवको प्रकृति हेर्दा हत्याजस्तो देखिएको भन्दै प्रहरीले अनुसन्धान कार्य सुरु गरेको छ । अहिले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरिएको एक अधिकृतले जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धानको क्रममा हत्याजस्तो देखिन्छ, दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं’, एक अनुसन्धान अधिकृतले भने ।