सुनसरीमा बर्डफ्लु भेटियो, कृषि मन्त्रालयले लेख्यो सिडिओलाई पत्र

काठमाण्डु टुडे २०८१ फागुन ७ गते ११:३२ मा प्रकाशित

सुनसरी, ७ फागुन–सुनसरीमा बर्डफ्लु भेटिएको छ ।

सुनसरीको कोशी गाउँपालिका– ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु पुष्टि भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार उक्त फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकिएको छ , फ्लु नियन्त्रणका लागि सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको मन्त्रालयले जनाएको छ ।

सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दूरीसम्म, खुल्ला मैदान १५० मिटरको दूरीसम्म, खुल्ला मैदान ३०० मिटरको दूरीसम्म चार किल्ला तोकिएको मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us