हितराज पाण्डेको प्रश्नः बूढीगण्डकी परियोजना निर्माण सुरु कहिले हुन्छ ?

काठमाण्डु टुडे २०८१ फागुन ६ गते १७:१८ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले राष्ट्रिय गौरवको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण सुरु कहिले हुन्छ भनेर सरकारसँग प्रश्न गरेका छन ।

आज (मंगलबार) बसको प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादी सांसद पाण्डेले यस्तो प्रश्न गरेका हुन् । सांसद पाण्डेले सभामुखमार्फत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसँग उक्त परियोजना निर्माण सुरुबारे जवाफ समेत माग गरेका छन् ।

साथै सांसद पाण्डेले बन्दीपुरमा वडाध्यक्षबाट सचिवमाथि भएको कुटपिटको निष्पक्ष छानविन हुनुपर्ने पनि बताएका छन । माओवादी सांसद पाण्डले भने, ‘बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङको कुटपिटबाट घाइते भएका सचिव भुसालको निशुल्क उपचारको व्यवस्था गर्न माग राख्दै कर्मचारीहरूको सुरक्षा र कानुन अनुसार काम गर्ने वातावरण बनाउन सम्बन्धित पक्षसँग माग गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us