देउखुरीमा सामुदायिक वनभित्र पुरूषको शव भेटियो

काठमाण्डु टुडे २०८१ फागुन ६ गते १२:१४ मा प्रकाशित

काठमाण्डू, ६ फागुन– दाङको लमही नगरपालिका– ५ स्थित अजम्मरी सामुदायिक वन क्षेत्रभित्र एक पुरुष मृत अवस्थामा भेटिएका छन । लमही नगरपालिका–५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्रीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन भएको खुलेको प्रहरीले जानकारी दिएको छ । खोजतलासको क्रममा सोमबार अपराह्न सामुदायिक वनभित्र खोल्सामा पल्टिएको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।

गाईबाखा चराउन गएका गोठाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us