मुख्यमन्त्री शाहले भनेः मसँग काम गर्न असहज भए मन्त्रीले राजीनामा दिनुस्, कर्मचारी सरुवा मागेर जानुस्

काठमाण्डु टुडे २०८१ फागुन ६ गते १०:३४ मा प्रकाशित

कैलाली, ६ फागुन- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरुको राजीनामा मागेका छन् ।

आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगद्वारा आयोजित चालु आर्थिक वर्ष २०८१ ०८२ को अर्ध वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै शाहले आफूसँग काम गर्न असहज भए मन्त्रीहरुलाई राजीनामा दिन भनेका हुन् ।

यस्तै उनले कर्मचारीलाई सरुवा मगेर जान सुझाए । शाहले आगामी आर्थिक वर्षका लागि जनताको पक्षमा बजेट निर्माण गर्दा जेल जानसमेत तयार रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us