प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारीले फोन रेस्पोन्स नगरेको मेटमणिको गुनासो

काठमाण्डु टुडे २०८१ फागुन ५ गते १६:३४ मा प्रकाशित

काठमाण्डू, ५ फागुन– नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सूचना अधिकारीले फोन रेस्पोन्स नगरेको भन्दै गुनासो गरेका छन ।

आज (समोबार) बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै एकीकृत समाजवादीका सांसद चौधरीले यस्तो बताएका हुन । उनले भने, ‘आज मात्रै मैले प्रधानमन्त्रीको कार्यालयका सूचना दिने प्रमुख र उपप्रमुखलाई मोबाइल फोन र कार्यालयको टेलिफोनमा धेरैपटक टेलिफोन गरें ।

दुवैको मोबाइल र लाइन फोनमा रेसपोन्स छैन ।’ तर, के कारणले फोन गरेको वा के सूचना माग गर्न खोजेको हो त्यसबारे उनले केही खुलाएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us