वर्षमानलाई ओलीको प्रश्न– मेरै पार्टी फुटाउन अध्यादेश ल्याएको होइन र ?

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १५:१६ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा सुविधामा सहज गराउन सरकारले अध्यादेश ल्याएको बताएका छन ।

आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीलाई माओवादी सांसद वर्षमान पुनले ‘अध्यादेशलाई ल्याएर संरद्लाई किन होच्याएको ?’ भनेर प्रश्न गरेका थिए ? यसको जवाफमा प्रधानमन्त्री ओलीले २०८० वैशाख २० गते सम्झन आग्रह गरे ।

प्रधानमन्त्री ओलले भने, ‘०८० वैशाख २० गते सम्झन आग्रह गर्छु । त्यतिबेला संसद् सुरु हुनुभन्दा ४ दिन अघि अध्यादेश ल्याएको थियो, ‘अध्यादेश ल्याउने अधिकार उहाँ सम्मिलित सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा हो ।’ आवश्यक पर्दा सरकारले अध्यादेश ल्याउने कुरा संविधानले नै व्यवस्था गरेको, मेरै पार्टी फुटाउन २० वा २० प्रतिशत भनेर अध्यादेश जारी गरिएको होइन र रु,’ प्रधानमन्त्री ओलीले भने, ‘अस्ति अध्यादेश ल्याउनुअघि धेरै हल्ला सुनेँ, पार्टी फुटाउनका लागि भनेर ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us