शंखरापुर बस दुर्घटनाका अर्का घाइते विद्यार्थीको पनि मृत्यु

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १४:२७ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– काठमाण्डूको शंखरापुर नगरपालिका–५ मा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । आज १० वर्षीय विद्यार्थी सनसाइन तामाङको मृत्यु भएसँगै मृत्यु हुनेको सङ्ख्या ४ पुगेको हो ।

उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डूका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिएका छन । उनको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको छ ।

यसअघि ११ वर्षीय विद्यार्थी क्रिष्टलल पुरी, २३ वर्षीय सुरेश तामाङ र १४ वर्षीय सुशांक डोटेलका मृत्यु भएको थियो । ३० माघमा चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए ।

पिकनिक गएर फर्कने क्रममा उनीहरु सवार बा २ ख ७९५८ नम्बरको बस दुर्घटनामा परेको थियो । उक्त बसमा सवार ४३ जना मध्ये तीन जनाको त्यतिबेलै मृत्यु भएको थियो । बाँकीको विभिन्न अस्पतालहरुमा उपचार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us