अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेट्न अस्पतालद्वारा रोक

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १३:५४ मा प्रकाशित

काठमाण्डू, ५ फागुन–पोखरा भ्रमण वर्ष उदघाटनका क्रममा जलेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न रोक लगाइएको छ ।

पौडेल र आचार्यको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । संक्रमणको जोखिम रहेकाले भेटघाट बन्द गरिएको अस्पतालले जनाएको छ ।

पौडेल र आचार्यको अस्पतालको सघक कक्ष (आइसीयू) मा उपचार भइरहेको छ । पौडेल र आचार्यको अवस्था सुधारोन्मुख रहे पनि संक्रमणको जोखम भने कायमै रहेको अस्पतालको भनाइ छ ।

पौडेल र आचार्यलाई आइतबार बिहान राष्ट्रपचि रामचन्द्र पौडेलले भेटेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us