एमालेको आारेपः अध्यादेशबारे विपक्षीले अनावश्यक भ्रम सिर्जना गरे

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १३:१४ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– सत्ता घटक दल एमालेले अध्यादेशबारे विपक्षी दलहरूले अनावश्यक भ्रम सिर्जना गरेको दाबी गरेको छ । आज आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकपछि एमालेका मुख्य सचेतक महेश बर्तौलाले यस्तो आरोप लगाएका हुन ।

एमाले प्रमुख सचेतक बर्ताैलाले भने, ‘अध्यादेशबारे अपोजिसनले अनावश्यक भ्रम सिर्जना गर्ने काम गर्यो ।’ भूमिसम्बन्धी अध्यादेश पनि १२ लाख भन्दा बढी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र लितहरूलाई जग्गा वितरण गर्ने मनसायका साथ ल्याइएको उनले बताएका छन । तर, यसबारे अनर्गल प्रचार गर्ने काम भएको उनले बताए ।

विपक्षीको प्रचारका कारणले केही छलफल गर्नुपर्ने अवस्था सिर्जन भएको र अध्यादेश अगाडि बढाउनका लागि केही पक्रिया लम्बिन पुगेको पनि उनले बताएका छन ।तथापि, अध्यादेशहरू अगाडि बढ्ने उनको दाबी छ ।

‘तर, अब यो तीन दिन पछिको बैठकमा यस–अध्यादेश०लाई हामी समावेश गरेर जान्छौं,’ उनले भने । जुन दिन अध्यादेश संसद्मा प्रस्तुत हुन्छ त्यो दिन सहज ढंगबाट स्वीकृत भएर अगाडि बढ्ने उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us