गिरीबन्धु प्रकरणः प्रधानमन्त्री ओलीविरुद्धको मुद्धामा आज पेसी

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १०:१३ मा प्रकाशित

काठमाण्डू, ४ फागुन- प्रधानमन्त्री केपी ओलीविरुद्धको रिटमा सर्वोच अदालतमा आज पेसी तोकिएको छ ।

गिरीबन्धु टी स्टेट्ससम्बन्धी फैसला कार्यान्वयन नगरेको भन्दै अधिवक्ता ओमप्रकाश अर्यालले ओलीविरुद्ध अवशेलना मुद्धा दर्ता गरेका थिए ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले २४ माघ २०८० मा एउटा प्रयोजनका लागि लिएर चिया बगानका लागि नभई अर्कै प्रयोजनमा उपयोग भइरहेको गिरिबन्धुको हदबन्दीभन्दा बढीको जग्गा सरकारको नाममा ल्याउन आदेश गरेको थियो ।

अधिवक्ता अर्यालले गिसिंवैधानिक इजसालको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेको भन्दै ओलीविरुद्ध अदालतको अवहेलनामा रिट दायर गरेका हुन् । ओलीले फैसला कार्यान्वयनमा अवरोध गरेको दाबी अर्यालको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us