बर्दिया, ४ फागुन- बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ ।
मधुवन नगरपालिका ९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय रिहान चलाउनेको मृत्यु भएको बर्दिया प्रहरीका डिएसपी ऋषिराम घर्तीमगरले बताए ।
घर्तीका अनुसार घरको आगनमा खेलिरहेका बेला बालकलाई चितुवाले लगेको हो । बालकको शव घरबाट५ सय मिटर पर भेटिएको छ ।
शव पोष्टमर्टका लागि जिल्ला अस्पताल गुलरिया पठाइएको प्रहरीले जनाएको छ ।