काठमाण्डू, ३ फागुन– एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सबै राजनीतिक दलकै सहमतिमा पारित हुने बताएका छन ।
आज (शनिवार) विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन ।
उनले सबै राजनैतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिक लगायतका क्षेत्रको सुधार गर्न अध्यादेश ल्याइएको भन्दै सबै राजनीतिक दलकै सहमतिमा अध्यादेश पारित हुने बताएका छन ।
महासचिव पोखरेलले सरकारले आवश्यकताका आधारमा ल्याएको अध्यादेशमा सबै राजनैतिक दलको सहमति हुने पनि बताएका छन । उनले अध्यादेशविरुद्ध रहेका असहमतिका विषयहरूलाई छलफल गरेर अघि बढ्ने बताएका छन ।
त्यस्तै महासचिव पोखरेलले सबै राजनैतिक दलहरूको सहमतिमा नै संविधान संशोधन गरिने पनि बताएका छन ।
फरक प्रसङ्गमा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपतिको सामाजिक सक्रियतालाई स्वाभाविक नै ठानेको र अहिले सम्म राजनैतिक सहभागिताबारे निर्णय गरी नसकेको उनले बताए ।