मिनेन्द्र रिजाल भन्छन्ः एमाले र माओवादी देउवालाई प्रधानमन्त्री बनाउन हानथाप गरिरहेका छन्

काठमाण्डु टुडे २०८१ फागुन ३ गते ११:१८ मा प्रकाशित

काठमाण्डू ३ फागुन- काग्रेस नेता डा मिनेन्द्र रिजालले एमाले र माओवादी दुवै दल शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन तयार रहेको बताएका छन् ।
संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको नेपालमा संघीयता र समावेशीकरणः संरचना र अभ्यास विषयक अन्तरक्रियामा शनिबार बोल्दै रिजालले देउवा तयार भए तुरुन्तै प्रधानमन्त्री बन्ने अवस्था रहेको उल्लेख गरे ।

देउवाले आज प्रधानमन्त्री बन्न तयार भए हिजै दिन एमाले र माओवादी तयार रहेको उनको भनाइ थियो । ‘शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्न चाहँदा साथीहरु हिजै उहाँलाई प्रधानमन्त्री बनाउन तयार भएर बस्नुभएको छ’, रिजालले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us