हेटौंडामा ट्रकले अटोलाई ठक्कर दिंदा आमाको मृत्यु, छोरा र चालक घाइते

काठमाण्डु टुडे २०८१ फागुन ३ गते ११:२० मा प्रकाशित

काठमाण्डू, ३ फागुन– हेटौंडा उपमहानगरपालिका–११ थानाभ९याङस्थित पूर्व–पश्चिम सडक खण्डमा ट्रकले अटोलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ छने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका– ६ खयरघारी घर भएकी ३५ वर्षीया पूजा बम्जन रहेको प्रहरीले जानकारी दिएको छ हिजो शुक्रबार राति करिब ८ बजेको समयमा हेटौंडा बजारबाट चितवनतर्फ जाँदै गरेको ना४ख २४९६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको ना १ ह ८३०८ नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट बम्जनको मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । बम्जनलाई उपचारको क्रममा सिएमसी चुरेहिल अस्पताल हेटौंडामा शुक्रबार राति सवा ९ बजे चिकित्सकले मृत घोषणा गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अटोमा सवार मनहरी–६ खयरघारीकी मृतक पूजा बम्जनको छोरा ११ वर्षीय अमृत घिसिङको अनुहारमा चोट रहेको छ । चुरेहिल अस्पतालमा उपचार भइरहेको उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अटो चालक हेटौंडा उपमहानगरपालिका–१९ बासघारी बस्ने २५ वर्षीय राजु थिङको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी अर्यालले जानकारी दिए ।

अटोलाई ठक्कर दिने ट्रक चालक चितवनको राप्ती नगरपालिका–२ पिप्ले बस्ने ४८ वर्षीय कान्छा राईलाई प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us