होटलमा यौन व्यवसाय चलाएको आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन ३ गते ९:४९ मा प्रकाशित

काठमाण्डू, ३ फागुन– प्रहरीले होटलमा यौन व्यवसाय चलाएको आरोपमा पर्साबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो । महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत गरेको थियो ।

पक्राउ परेकाहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार कसुर नियन्त्रण ऐनको कसुरमा पर्सा अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरीएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us