काठमाण्डू, ३ फागुन– आज शनिबार सत्ता घटक दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको स्रोतले जानकारी दिएको छ ।
आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिएका छन । बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा पनि छलफल हुने उनले जानकारी दिएका छन ।
संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुने उनले भने ।