स्थानीयले गुनासो गरेपछि कवाड संकलनमा रोक लगायौंः महानगर प्रहरी

काठमाण्डु टुडे २०८१ फागुन २ गते १८:०६ मा प्रकाशित

काठमाण्डू, २ फागुन– काठमाण्डूमा महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको बताएको छ ।

आज (शुक्रबार) पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने नगरसभाको निर्णय कार्यान्वयन गरिएको बताएको हो । आजको पत्रकार सम्मेलनमा बोल्दै काठमाण्डू महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरीतका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुले सम्झाउँदा समेत नमानेको कारण जबरजस्ती गर्नुपरेको बताएकबा छन ।

उनले भने, ‘ महानगरको नगरसभाको बैठकले आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडि राख्ने र व्यवस्थापन गर्ने र आवासीय क्षेत्रमा पूर्ण रुपमा हटाउने भन्ने निर्णय बमोजिम हामीले विभिन्न स्थानमा रहेको कवाड गोदाममा गएर सम्झाउनेर बुझाउने लगायतका क्रियाकलाप गरेको र महानगरबाट सूचना समेत जारी गर्यौं ।

तर उहाँहरुले अटेर गरेकोकाले हामीले जबरजस्ती हटाउनु परेको हो।’उनले कवाड व्यवसायमा रोक लगाउन नगर पहरीले सम्झाउँदा समेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरुलाई बंग्याउने काम भएको भन्दै आपत्ति जनाए ।

उनले स्थानीयको गुनासो र आवासीय क्षेत्रमा बढेको जोखिम कम गर्न मात्रै कवाड संकलनमा रोक लगाएकोमा सत्य कुरालाई बंग्याएर विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै दुःख व्यक्त गरे ।

कवाड व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको उनले भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us