डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन २ गते १७:४५ मा प्रकाशित

काठमाण्डू, २ फागुन– प्रहरीले डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेका १९ वर्षीय मनिष भुजेल र २१ वर्षीय निशान पहारी रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा नेहा गुरुङ नाम गरेको नक्कली आईडी बनाएर उनीहरूले विभिन्न युवकहरूसँग कुरा गर्दै डिपेन्डेन्ट भिसामा यूके लाने भन्दै ठगी गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले ६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप रहेको छ । पक्राउ परेका दुवै जनालाई आपराधिक विश्वासघातको कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us