अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना काठमाण्डूबाट पक्राउ

काठमाण्डु टुडे २०८१ फागुन २ गते १४:५४ मा प्रकाशित

काठमाण्डू, २ फागुन– प्रहरीले आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरेका छ ।

पक्राउ पर्नेहरूमा सिराहा सिरहा नगरपालिका–८ घर भई हाल काठमाण्डू महानगरपालिका–३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका–५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ बस्ने २९ वर्षीय बिशाल ठाकुर रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २१ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डू तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us