रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्षको गाडी तोडफोड

काठमाण्डु टुडे २०८१ फागुन २ गते १२:३० मा प्रकाशित

काठमाण्डू, २ फागुन– रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड भएको छ । अज्ञात व्यक्तिले गएराति करिब ११ः३० बजे गाडीमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

अध्यक्ष यादवका अनुसार लु १ झ ३९५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहारबाट गाडीको अगाडिको सिसा चर्किएको छ । यसैगरी दायाँ साइडको सिसा समेत फुटेको छ ।

रोहिणी–३ लक्ष्मीनगरस्थित अध्यक्ष यादवको निवासमा पार्किङमा राखिएको गाडीमा तोडफोड भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घटनाको अनुसन्धान सुरु गरीएको बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us