काठमाण्डू, २ फागुन– सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरु पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठकमा बसिरहेका छन ।
देउवाले आफूलाई सभापति चुन्न सहयोग गर्ने नेताहरुलाई बैठकमा बोलाएका हुन् । उक्त बैठक शुक्रबार बिहानैदेखि जारी रहेको स्रोतले जानकारी दिएको छ ।
बैठकमा पूर्णबहादुर खड्का, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह, गोपालमान सिंह, प्रकाश शरण महत, बालकृष्ण खाँड, एनपी साउदलगायत नेताहरु सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।