baburamकाठमाण्डू, १ फागुन– नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनबाट अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।
प्रत्यासी नेत्रप्रसाद चापागाईंलाई भारी मतान्तरले पराजित गर्दै भट्टराई निर्वाचित भएका हुन् ।
भट्टराई ७ सय ६१ मतसहित विजयी हुँदा चापागाईंले जम्मा ७३ मत मात्र पाए । उनीहरुबीचको मतान्तर ६ सय ८८ छ ।
निर्विरोध नेतृत्व चयन हुन नसकेपछि २९ माघमा मतदान भएको थियो । महाधिवेशनमा १ हजार ३ सय २४ प्रतिनिधि सहभागी भएकामा ८ सय २६ मत मात्र खसेको थियो ।
भट्टराईलाई नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष ३३ वर्षीय चापागाईंले अध्यक्षमा चुनौती दिएका थिए ।
उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठामगर र उमेश साह निर्वाचित भए । यसअघि मानुषी यमी भट्टराई र दुर्गा सोब उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै महासचिवमा सोनामसिंह स्याङतान निर्वाचित भएका छन् । आशाकुमारी तामाङ, लक्ष्मी कार्की र भरत दाहाल सपचव तथा हरिप्रसाद रिजाल कोषाध्यक्ष निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।