कांग्रेस छाडेर राप्रपा प्रवेश गरे पुरूषोत्तम ढुंगेल

काठमाण्डु टुडे २०८१ फागुन १ गते १८:१८ मा प्रकाशित

काठमाण्डू, १ फागुन– काँग्रेस नेता पुरुषोत्तम ढुंगेल राष्ट्रििय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई बिहीबार पार्टीमा स्वागत गरे । विवेकशील साझा छाडेर दुई वर्षअघि काँग्रेस प्रवेश गरेका थिए ।

उनी ०७४ को निर्वाचनमा काठमाण्डू निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट विवेकशील साझाका तर्फबाट उम्मेदवार थिए ।

ढुंगेललाई पार्टी प्रवेश गराउँदै अध्यक्ष लिङ्देनले राप्रपा देश बचाउने अभियानमा निरन्तर क्रियाशील रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us