ललितानिवास प्रकरणः बाबुराम र माधव नेपालविरुद्धको रिटको सुनुवाई पूर्ण इजलासमा

काठमाण्डु टुडे २०८१ फागुन १ गते १८:०१ मा प्रकाशित

काठमाण्डू, १ फागुन– बालुवाटारस्थित ललितानिवासको जग हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्धको रिटमा सुनुवाई हुने भएको छ ।

नेपाल र भट्टराईमाथि छानविन हुनुपर्ने मागसहित दायर रिट निवेदन सर्वोच्चको पूर्ण इजलासमा पेश हुने भएको हो ।

न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले बिहीबार त्यससम्बन्धी तीन फरकफरक निवेदनलाई पूर्ण इजलासमा पठाउन आदेश दिएको हो ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले निवेदनहरूलाई पूर्ण इजलासमा पठाउने आदेश भएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us