छोराले गरे आमाको हत्या

काठमाण्डु टुडे २०८१ फागुन १ गते १७:५४ मा प्रकाशित

बुटवल, १ फागुन– रूपन्देहीको कञ्चन गाउँपालिकामा एक युवकले आमाको हत्या गरेका छन् ।

कञ्चन गाउँपालिका–१ सुन्दर टोलका २० वर्षीय सरोज परियारले ४५ वर्षीया आमा पार्वतीको हत्या गरेका हुन् ।

परियारले हँसिया प्रहार गरी आमाको हत्या गरेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । मृतकको आँखा र हातमा गहिरो चोट छ ।

रूपन्देही प्रहरी पमुख रञ्जित सिंह राठौरले सरोजलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us