
काठमाण्डू, १ फागुन– दाङमा करेन्ट लगाई माछामार्ने क्रममा लागेर एक जनाको मृत्यु भएको छ ।
दाङको लमही नगरपालिका-३ टिकुलिगढस्थित घरमा काम गर्दे आएका रोल्पा माडी गाउँपालिका–३ घर भएका ३८ वर्षीय सुरेश घर्तीमगरको करेन्ट लागेर बुधबार राति मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लमही नगरपालिका९३ स्थित नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जानकारी दिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।