
काठमाण्डू, ३० माघ–एमाले महासचिव शंकर पोखरेलले पार्टी नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा तथ्य र सत्यका बोल्न र लेख्न निर्देशन दिएका छन् ।
समाजिक सञ्जालमार्फत असल मानिसहरु सक्रिय भए अराजकता, अशिष्टता र साइबर अपराध क्रमशः कम भएर जाने उनले उल्लेख गरे । ‘तथ्य र सत्यका पक्षमा किन कोही बोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक संजालमा प्रश्न गर्नु भन्दा आफैले लेख्न सुरु गर्नुहोस्’ उनले भनेका छन्, ‘तपाई आफैं अघि सरेपछि सत्य र तथ्य बलियो हुन सुरु गर्दछ। त्यसले अरुलाई पनि अघि सर्न प्रेरित गर्दछ । असल मानिसहरु सmित्रय भए अराजकता, अशिष्टता र साइबर अपराध क्रमशः कम भएर जान्छ ।’
सामाजिक सञ्जालमा असल मानिसहरु नआउँदासम्म आएका खराब मान्छेहरु देखिने टिप्पणी पोखरेलको छ । ‘इन्टरनेट सञ्जाललाई सूचना महामार्ग मानिन्छ । सामाजिक सञ्जाल आफैंमा राजमार्गजस्तै हो । सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घरभित्र बसेको मान्छे सडकमा नदेखिएजस्तै सामाजिक सञ्जालमा असल मानिसहरु नआउँदासम्म आएका खराब मान्छेहरु देखिने हो’, पोखरेलले भने ।