
काठमाण्डू, ३० माघ– सामाजिक सञ्जालमार्फत नाबालिकालाई दबाब तथा प्रभावमा पारी अनुचित लाभ लिन खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेम काठमाण्डू महानगरपालिका–१६ खरिबोट बनस्थलीका २० वषीय आयुष कुँवर रहेको प्रहरीले जनाएको छ ।
उनले सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत साथी बनेर फकाईफुल्याई अनुचित लाभ लिनका लागि अनलाइन माध्यमबाट अश्लिलता प्रदर्शन गर्न बाध्य पारेको तथा स्क्रिन रेकर्ड गरी राखेको प्रहरीले जनाएको छ ।
सो विषय नाबालिकाले अभिभावकलाई जानकारी गराएपछि प्रहरीको साइबर ब्यूरोले कुँवरलाई पक्राउ गरेको हो ।
कुँवरविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाण्डूको काठमाडौंको आदेशले ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।