दरबारमार्गमा प्रहरी कुट्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाण्डु टुडे २०८१ माघ ३० गते १५:४६ मा प्रकाशित

काठमाण्डू, ३० माघ– गृहमन्त्री रमेश लेखकले दरबारमार्गमा प्रहरीमाथि कुटपिट गर्नेलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएका छन् ।

लेखकले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई गृह मन्त्रालयमा बोलाएर घटनामा संलग्न जो सुकै भए पनि कारबाही गर्न निर्देशन दिएका हुन् ।

त्यस क्रममा मन्त्री लेखकले शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा प्रहरीमाथि भइरहेको दुव्र्यवहारका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको उनको सचिवालयले जनाएको छ ।

दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीमका प्रहरीमाथि सरकार नेतृत्कवर्ता एमाले सम्वद्ध विद्यार्थी संगठन अनेरास्ववियुको एक समूहले आक्रमण गरेको थियो ।

आक्रमणबाट प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज विष्ट घाइेत भएका थिए । अखिल समूहले प्रहरीको मोटरसाइकल लडाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

आक्रमणमा संलग्नमध्ये ताप्लेजुङका २६ वर्षीय दिनेश सिग्देल र डडेल्धुराका २२ वर्षीय रमेश फुलारा मात्र पक्राउ परेका छन् ।

घटनाको नेतृत्व गरेका एमाले अखिलका स्थायी कमिटी सदस्य कमलराज जोशीलाई भने उन्मुक्ति दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us